काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ८ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १४.८१ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


