२०८३ कार्तिक २१ गते शुक्रबार

भारतमा बिजुलीको माग बढेर नयाँ रेकर्ड, विद्युत प्राधिकरणले निर्यात गर्यो ४९२ मेगावाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ९
transmission_line (4)

काठमाडौं। गर्मी अचाक्ली बढेपछि छिमेकी भारतमा बिजुलीको मागमा नयाँ रेकर्ड कायम भएको छ। बिहीबार भारतमा बिजुलीको माग बढेर दुई लाख ७१ हजार मेगावाट (२७१ गिगावाट) पुगेको छ।

बिजुलीको माग एकै दिन पाँच हजार मेगावाट (पाँच गिगावाट) बढेको त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोलार समयमा बिजुलीको माग दुई लाख ७० हजार मेगावाट माथि पुगेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ। बुधबार ऊर्जाको माग दुई लाख ६५ हजार मेगावाट थियो।

ऊर्जा उत्पादनमा थर्मल प्लान्टको हिस्सा ठूलो रहेको छ। कूल मागको ६२.८ प्रतिशत योगदान थर्मल प्लान्टको छ। यस्तै २२ प्रतिशत सोलार, ५.८ प्रतिशत जलविद्युत र पाँच प्रतिशत वायु ऊर्जाबाट ऊर्जा आपूर्ति भएको मन्त्रालयले जनाएको छ।

थर्मल पावर प्लान्टहरूमा कोइलाको उपलब्धता पर्याप्त रहेको र कोइला आपूर्तिहरूको प्रभावकारी रूपमा अनुगमन भइरहेको मन्त्रालयले एक्समार्फत जानकारी दिएको छ।

हरितगृह ग्यासको तेस्रो ठूलो उत्सर्जनकर्ता भारतले २०७० सम्ममा शून्य उत्सर्जनमा पुग्ने प्रतिबद्धता जनाएको छ। तर, भारतको ऊर्जा प्रणाली कोइलामा धेरै निर्भर छ।

भारतीय मौसम विज्ञान विभागले उत्तर प्रदेश राज्यको बांदा शहरमा ४७.६ डिग्री तापक्रम मापन गरेको छ। जुन राजधानी नयाँ दिल्लीबाट ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ।

सौर्य घण्टामा हप्तामा अहिलेसम्मको उच्चतम माग कुनै पनि अवरोध बिना पूरा भएको छ।

गर्मी बढेपछि बिजुलीको माग बढेर नयाँ कीर्तिमानी कायम गरेको हो। भारतीयहरुले दिन र रातमा चर्को गर्मीबाट बच्न पंखा र एयर कन्डिसनलगायत चिसो बनाउन अन्य विद्युतीय उपकरणहरु प्रयोग बढाएपछि बिजुलीको माग बढेर नयाँ रेकर्ड कायम भएको हो।

आगामी जुनमा बिजुलीको खपत बढेर दुई लाख ८५ हजार मेगावाट पुग्ने अनुमान गरिएको द इकानोमिक टाइम्सले जनाएको छ।

बिहीबार चौथो दिन लगातार बिजुलीको माग सौर्य घण्टामा अहिलेसम्मकै उच्च पुगेको मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

ऊर्जा मन्त्रालयले बिहीबारको सोलार समयको उच्च माग र शुक्रबारको उच्च मागको प्रवृत्तिलाई हेरेर अनुमानहरू पुनः क्यालिब्रेट गर्न आवश्यक छ कि छैन भनेर हेर्ने जनाएको छ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतको धेरै भागमा तीव्र तातोको लहर चलिरहेको बेला भारतका ऊर्जा उत्पादकहरूले विद्युत उत्पादनको रेकर्ड कायम गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

नेपालमा २७२७ मेगावाट माग

छिमेकी भारतमा लाखौं मेगावाट बिजुलीको माग हुँदा नेपालमा भने केही हजार मेगावाट मात्र रहेको छ। बिजुलीको खपत बढेर २७ सय २७ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले हाल चार सय ९२ मेगावाट बिजुली भारत निर्यात गरेको छ भने १४२ मेगावाट भारतबाट आयात गरेको जनाएको छ।

गत वर्ष नेपालले भारतमा ११ सय मेगावाट बढी बिजुली भारतमा निर्यात गरेको थियो। नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भइसकेको छ।

 

प्रकाशित: २०८३ जेठ ९ गते शनिवार ०८:५०
प्रतिक्रिया

थप समाचार

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना