काठमाडौँः नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलामा २ लाख ९० हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।


