काठमाडौँ: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवका रूपमा कार्यरत छन्।


