काठमाडौँः नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


