काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादस्पद व्यवसायी दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्र पठाएको छ।
सीआईबीले बोर्डलाई पत्र लेख्दै भट्टसँग सम्बन्धित कम्पनीका सेयरधनीहरूको सम्पत्ति रोक्का राख्न तथा उनीहरूको धितोपत्र लगानीसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। सीआईबीले जेठ ११ गते सेबोनलाई पत्र पठाउँदै सम्बन्धित व्यक्तिको सेयर रोक्का गरी विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
पत्रमा विभिन्न बीमा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा लगानी समिति सदस्यहरू समेटिएका छन्। हिमालयन रि–इन्स्योरेन्स लिमिटेडकी सीईओ उपासना पौडेलसहित सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमारको नाम सूचीमा रहेको छ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल पनि अनुसन्धानको दायरामा परेका छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्य ज्योतीप्रकाश पाण्डे र समीर खरेलको सेयरसमेत रोक्का गर्न भनिएको छ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, राजीवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झासहित अन्य व्यक्तिहरू पनि सूचीमा समावेश छन्


