काठमाडौँः आज शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहिबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


