काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।







