काठमाडौँः सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा कायम राख्दै दर भने वृद्धि गरिएको हो।
यसअघि ५ प्रतिशत रहेको दीर्घकालीन पुँजीगत लाभकरलाई बढाएर ७.५ प्रतिशत कायम गरिएको छ। त्यसैगरी, यसअघि ७.५ प्रतिशत रहेको अल्पकालीन पुँजीगत लाभकरलाई बढाएर १० प्रतिशत पुर्याइएको छ।


