काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.७२ अंकले घटेर २ हजार ७५५.३७ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ३३ लाख ८३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। २ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कालिञ्चोक हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्सको सेयरमूल्य १५ प्रतिशतले बढेको छ भने आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


