२०८३ कार्तिक १२ गते बुधबार

नेपाल भित्रिँदै जीडब्लूएमको अत्याधुनिक नयाँ विद्युतीय एसयूभी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
Picture1

काठमाडौँ: विश्व अटोमोबाइल उद्योगमा स्थापित ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपाली बजारका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जीडब्लूएमले नेपालमा पनि उन्नत प्रविधियुक्त विद्युतीय सवारीसाधनमार्फत आफ्नो उपस्थितिलाई थप बलियो बनाउने संकेत दिएको हो।

कम्पनीले हालसम्म मोडलको औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणअनुसार नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध हुनेछ।

गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु टेक्नोलोजी तथा ७ वटा एयरब्यागजस्ता उन्नत सुरक्षा सुविधाहरू समावेश हुनेछन्। साथै उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रणाली तथा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सुविधाले यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ।

नयाँ एसयूभीमा स्मार्ट ककपिट, कफी ओएस ३.० एआई सिस्टम, वन–टच कन्ट्रोल, भेन्टिलेसन सुविधासहितको ६–तरिकाले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम चालक सिट तथा पाँच तहको ब्याट्री सुरक्षा प्रणाली रहने जनाइएको छ। सहरदेखि राजमार्गसम्म सहज ड्राइभिङका लागि चारवटा स्मार्ट ड्राइभिङ मोड पनि उपलब्ध हुनेछन्।

आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र आधुनिक प्रविधिको संयोजन रहेको यो विद्युतीय एसयूभीले नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। कम्पनीले गाडीसम्बन्धी विस्तृत जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: २०८३ जेठ २० गते बुधबार ०४:१२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना