२०८३ कार्तिक १२ गते बुधबार

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा लिन सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
citizens bank (1)

काठमाडौँः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब खाताको मौज्दात (ब्यालेन्स) हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।

यसका लागि एपीआई बैंकिङ प्लेटफर्म ‘¥यापिड’ र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ। उक्त सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘¥यापिड’ एकीकृत गरिएको छ।

अब बैंकका कर्पोरेट ग्राहकहरूले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरी विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन्। प्रयोगकर्ताले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्ने व्यवस्था गरिएको छ।

गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहका अनुसार यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूको सेवा प्रवाहमा महत्वपूर्ण रूपान्तरण ल्याउनेछ। वित्तीय कार्यलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत तथा सञ्चालनसम्बन्धी जटिलता उल्लेखनीय रूपमा घट्ने उनको भनाइ छ।

बैंकका अनुसार कर्पोरेट ग्राहकहरूले सेवा प्रयोग गर्न प्रारम्भमा मोबाइल बैंकिङजस्तै एक पटक मात्र फाराम भर्नुपर्नेछ। त्यसपछि अधिकांश बैंकिङ सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिनेछ।

‘¥यापिड’ले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई समेत डिजिटल बनाएको छ, जसले सेवा थप सहज, छरितो र पारदर्शी बनाउने विश्वास गरिएको छ। सुरक्षाका दृष्टिले प्लेटफर्ममा एन्ड–टु–एन्ड इन्क्रिप्सन, बहु–स्तरीय प्रमाणीकरण (मल्टिलेयर भेरिफिकेसन) तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसले डिजिटल कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने दाबी गरिएको छ।

‘¥यापिड’ एक एपीआई–आधारित बैंकिङ प्लेटफर्म हो, जसले ‘बैंकिङ एज अ सर्भिस’ मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकहरूलाई जोड्ने काम गर्छ। कम्पनीका अनुसार एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार १०:४५
प्रतिक्रिया

थप समाचार

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना