काठमाडौँः साताको चौथो कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ६ लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ भने एभेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


