२०८३ कार्तिक २१ गते शुक्रबार

ऊर्जा क्षेत्रका एजेन्डा सरकार र दलहरूले स्वीकार गर्न थालेका छन्: अध्यक्ष कार्की

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
ippan

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका विभिन्न एजेन्डा सरकार र प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न थालेको बताएका छन्।

बुधबार उर्जा क्षेत्रको विकासको लागि अबको इप्पान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले संस्थाले उठाउँदै आएका विषयहरू अहिले प्रमुख राजनीतिक दलहरूको घोषणापत्र, सरकारी नीति तथा कार्यक्रम तथा बजेटमा समावेश हुन सफल भएको दाबी गरे।

उनले इप्पानको महत्व पछिल्लो समय बढ्दै गएको उल्लेख गर्दै संस्थाले ऊर्जा क्षेत्रका मुद्दाहरू प्रभावकारी रूपमा उठाएको बताए। ‘हामीले केही गर्यौं र केही गर्न सकेनौं भन्ने बहस हुनसक्छ। तर यदि हामीले यी विषयहरू उठाएका नभएको भए ऊर्जा क्षेत्रका एजेन्डा प्रमुख राजनीतिक दलहरूको घोषणापत्रमा समावेश हुने थिएनन्,’ उनले भने।

कार्कीले सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममै ऊर्जा क्षेत्रका महत्वपूर्ण विषयहरू समेटिएको उल्लेख गरे। उनका अनुसार आगामी १० वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने स्पष्ट दृष्टिकोणसहित ऊर्जा क्षेत्रका एजेन्डाहरू समावेश गरिएका छन्।

उनले सरकारको १०० बुँदे कार्यक्रममा आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्पष्ट रूपमा उल्लेख गरिएको बताए।

साथै, ऊर्जा क्षेत्रका विभिन्न सुझावहरू बजेटमा पनि समेटिएको भन्दै सबै विषय एकैपटक बजेटमा समावेश हुन नसक्ने धारणा राखे।

उनले भने, ‘वास्तवमा इप्पानको महत्व बढ्दैछ भन्ने मलाई लागेको छ। हामीले केही गर्यौं भन्ने र गरेनौं भन्ने कुराहरु पनि आए होलान्। वास्तवमा अब यो देशलाई १० वर्षमा कहाँ पुर्याउने भन्ने कुरा राख्नलाई सफल भएका छौं। हाम्रा एजेण्डाहरु सुनिदिनु भएको छ, त्यति मात्र नभएर बजेटमा पनि थुप्रै कुराहरु आएका छन्। सबै कुरा बजेटमा नपर्न सक्छन्। बजेट भनेको एक वर्षका लागि हो। १०० बुँदेमा स्पस्ट रुपमा आएको छ। १० वर्षमा ३० हजार मेगावाट विजुली उत्पादन गरिने छ भनेर भनेको छ। कतिपय कुराहरु कानुनमा आउनुपर्छ। हिजोका दिनहरुमा बजेटमा आए तर लागु भएनन्।’

अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको दिगो विकासका लागि आवश्यक कतिपय विषय कानुनी व्यवस्थामार्फत कार्यान्वयनमा जानुपर्ने आवश्यकता औंल्याए। विगतमा बजेटमा समावेश भएका कतिपय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले अब कानुनी आधार सुदृढ गर्नुपर्ने बताए।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार ०१:५४
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना