काठमाडौँः समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका १०० जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जेठ २० गते बसेको बैठकको निर्णयअनुसार उक्त सूची सार्वजनिक गरेको जनाएको हो। समितिका अनुसार उपलब्ध ऋण अभिलेख तथा विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो।
समितिले साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। सार्वजनिक गरिएको सूचीमा सहकारीका तत्कालीन अध्यक्ष हिमालयन विक्रम मल्ल ठकुरी, तत्कालीन सञ्चालक देवराज पराजुलीलगायतका व्यक्तिहरूको नाम समावेश छ।
त्यसैगरी, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता रकम चुक्ता गर्न आह्वान गरिएको छ। तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।


