२०८३ कार्तिक १२ गते बुधबार

७७४ बीवाईडी ईभी नियन्त्रणपछि साइमेक्सको स्पष्टीकरण– ‘सबै आयात कानुनी प्रक्रिया अनुसार’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
byd

काठमाडौँ: नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधन सम्बन्धमा उठेका विभिन्न प्रश्न र आशंकाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया प्रचलित कानुनअनुसार नै सम्पन्न भएको स्पष्ट पारेको छ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको तथ्यगत स्पष्टिकरणमा हाल चर्चामा रहेका बीवाईडीका सवारीसाधन नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा निर्धारित प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको जनाएको छ।

साइमेक्सका अनुसार कोरला भन्सारमार्फत ६४९ वटा तथा रसुवागढी भन्सारमार्फत ४७२ वटा गरी कुल १,१२१ वटा बीवाईडीका विभिन्न मोडलका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास सम्पन्न भएका छन्। यसबाहेक २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगे पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले जनाएको छ।

कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ। साथै त्यस्तो कुनै सुविधा प्राप्त गर्न अनुरोधसमेत नगरेको स्पष्ट पारेको छ।

साइमेक्सका अनुसार ग्राहकबाट पहिले नै सुनिश्चित भइसकेका बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारीसाधन आयात गरिएका हुन्। आयात कार्य बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर सम्पन्न गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्ण रूपमा निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालको आरोप भनेको छ। कम्पनीका अनुसार आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाएर सञ्चालन गरिएको हो।

साइमेक्सले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ। सत्यतथ्य स्थापित गर्न आवश्यक आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको कम्पनीले उल्लेख गरेको छ।

सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै कम्पनीले सार्वजनिक भ्रम सिर्जना गर्ने वा कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा क्षति पुग्ने खालका सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ।

साइमेक्सले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवारीपूर्ण सार्वजनिक बहस आवश्यक रहेको जनाएको छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार ०७:३१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना