काठमाडौँ: आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीका अनुसार उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवामा खर्च गरिनेछ। सहयोग रकमबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्ने जनाइएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवा प्रदान गर्दै आएको छ।
आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


