काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) सुनको मूल्य घटेको छ । आज सुन तोलामा २१ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजारमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन (बिहीबार) छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार (आज) ५ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ ।


