काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.३७ अंकले घटेर २ हजार ७५५.४१ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ६ लाख २७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको मात्र ५५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


