काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ। संघले आज शनिबारदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ। यसअघि ४६५ रुपैयाँ रहेको थियो।
यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ पुगेको छ। यसअघि ४९० रुपैयाँ रहेको थियो। यसैगरी, मध्यम अण्डाको ५१५ रुपैयाँ भएको छ। सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ। यसअघि २ हजार ३०० रुपैया रहेको थियो।
यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ।
