काठमाडौं – जिम्बाबेको टागासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी विश्वकपको ग्लोबल छनोटमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको छ। त्यसैले नेपालले खेलमा २०८ रनको लक्ष्य पाएको हो।
नेपालविरुद्ध सयन जाहान्गिरले शतक प्रहार गर। विस्फोटक ब्याटिङ गरेका सयनले ७९ बलमा तीन छक्का र १० चौकका साथ शतक प्रहार गरेका थिए। यद्यपी बाँकी खेलाडीले भने औषत प्रदर्शन गरे।
अमेरिकाविरुद्ध नेपालले सुरुआतबाटै निकै घातक बलिङ अट्याक गर्यो। नेपालका लागि पावर प्ले नसकिँदै करण केसी एक्लैले चार विकेट गिराएका थिए। उनले खेलको दोस्रो ओभरमा नै दुई विकेट लिएका थिए भने आठौं ओभर र १० औं ओभरमा एक एक विकेट लिए।
उनले दोस्रो ओभरको पाँचौ बलमा ओपनर स्टेभेन टेलरलाई एलबीडब्ल्यु आउट गराएका थिए। त्यस्तै, छैटौं बलमा सैतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए।

मुकामल्ला गोल्डेन डगआट भएका थिए। टेलरले भने ९ बल खेलेर चार रन लिए। पहिलो दुई विकेट झर्दा अमेरिकाको हातमा ६ रन मात्र थियो। खेलमा करणले नै लगातार चार विकेट लिए। तेस्रो विकेटका रुपमा आरोन जेन्सलाई पेवेलियन फर्काएका थिए। नेपालविरुद्ध २२ बल खेलेका आरोन दुई रन जोड्दै डगआउट फर्किए। कप्तान जोन्सको ब्याटबाट गएको बललाई भुर्तेलले क्याच गरेएका थिए।
कमजोर सुरुआत गरेको अमेरिकाले पवर प्ले सकिँदा २३ रन मात्र बनाएको छ। त्यसअघि उसले चौथो विकेट गुमाउँदा १८ रन थियो। पाँचौ नम्बरमा मैदान छिरेका नोसथुस केन्जीलाई करणले आरिफको हातबाट क्याचआउट गराएका थिए।
चार विकेट गएपछि भने अमेरिकाले केही सम्हालिएर खेल्यो। गजानन्द सिंह र ओपनर शुसान्त मोदानीले ४७ रनको साझेदारी गरे। त्यसपछि खेलको २२ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले उनीहरुको साझेदारी तोडे। ऐरीले ४१ बलमा २६ रन बनाएका गजानन्दलाई आरिफको हातबाट क्याच गराए। आजको खेलमा मात्र आरिफले तीन क्याच गरेका थिए।

मोदानीले सयन जाहान्गिरसँग पनि २९ रनको साझेदारी गरे। यो समयसम्म ४२ रन बनाइसकेका शुसान्त मोदानीलाई ललित राजवंशीले आउट गराएका थिए।
मोदानी फर्किएपछि मैदान आएका निसर्ग पटेल पनि धेरै समय टिक्न सकेनन्। ८ रन बनाएको अवस्थमा गुल्सन झाले उनलाई पेवेलियन पठाइदिए। निसर्गभन्दा अघि आएका सयनले अविजित सतक प्रहार गरे भने जेसी सिंह, सौरभ नेत्राभल्कर र केली फिलिपले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
अन्तिम ओभर बाँकी रहँदै गुल्सन झाले फिलिपको विकेट लिएपछि अमेरिकाले सबै विकेट गुमाएको हो। नेपालका लागि करणले चार विकेट लिए भने गुल्सनले पनि तीन विकेट लिए। आजको खेलमा पनि सन्दिप लामिछाने विकेटबिहिन रहे। यता दिपेन्द्रले दुई र ललित राजवंशिले एक विकेट लिए।
अब नेपाले जितका लागि २०८ रन बनाउनु पर्नेछ।


