२०८३ कार्तिक २२ गते शनिवार

दीपक भट्टविरुद्ध आठौँ र सुलभ अग्रवालविरुद्ध नवौँपटक म्याद थप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
sulav_deepak

काठमाडौँ: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका विवादित व्यवसायीहरू दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध पुन: म्याद थप भएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले उनीहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

भट्टविरुद्ध आठौँ र अग्रवालविरुद्ध नवौँपटक म्याद थप भएको हो।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ।

भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।

भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने कार्यबाट रकमको लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी सेयरको मूल्य वृद्धि भएको हुन सक्ने र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसूर भएको हुनसक्ने देखिएको ठहर सेबोनले गरेको छ।

अनुसन्धानका क्रममा भट्टले आफ्नो ४.५ प्रतिशत सेयर स्वामित्व भएको इन्फिनिटी होल्डिङ्गबाट सन् २०२५ नोभेम्बर ९ मा प्रतिकित्ता एक हजार ८० रुपैयाँमा सेयर खरिद गरी नोभेम्बर १६ मा १५ प्रतिशत सेयर स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता ११ सय ६० देखि एक हजार १८२ सम्ममा तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडअन्तर्गत स्वामित्वमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी प्रतिकित्ता एक हजार १८५ रुपैयाँमा बिक्री गरेको भेटिएको हो।

प्रतिवेदनमा भट्ट र उनका साझेदारहरू मिलेर सेयर कारोबार गर्न संयुक्त रकम जम्मा गर्ने गरेको र त्यसपछि अधिकांश आफ्नै लगानी रहेका कम्पनीहरूमार्फत मिलेमतोमा विभिन्न कम्पनीको सेयर खरिदबिक्री गरी कृत्रिम मूल्य बढाउने कार्य गरेको भेटिएको भनिएको छ। सो कार्यमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको पनि संलग्नता देखिएको छ भने उनीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भैरहेको छ।

भट्ट गत चैत १९ गते र अग्रवाल चैत २२ गते पक्राउ परेका थिए।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार ०५:५७
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना