काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा बन्द भएको हो ।
आज एक करोड २३ लाख ८२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको सेयरमूल्य स्थिर छ ।
सोपान फार्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने एग्रिकल्चर बन्डको सर्वाधिक कारोबार भएको छ ।


