२०८३ कार्तिक २० गते बिहिबार

बेलायत सरकार र विश्व बैंकको सहयोगमा नेपालमा हरित हाइड्रोजन पाइलट परियोजना सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
Photo 3

प्युठान: बुटवल पावर कम्पनी (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत् आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ।

बेलायत सरकारको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोग र विश्व बैंकको प्राविधिक सहयोगमा स्थापित उक्त परियोजनाले नवीकरणीय जलविद्युत् प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियाबाट हरित हाइड्रोजन उत्पादन गर्नेछ।

परियोजनामा जडान गरिएको ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजरले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्छ। उत्पादित हाइड्रोजनलाई १५० बार दबाबमा सिलिण्डरमा भण्डारण गरी विभिन्न सम्भावित प्रयोगका लागि परीक्षण गरिने जनाइएको छ।

बीपीसीका अनुसार यो प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा आएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर भरिएको थियो।

हरित हाइड्रोजनलाई स्वच्छ ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिन्छ। यसलाई यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ।

बीपीसीले पाइलट परियोजनाबाट उत्पादन, भण्डारण, सुरक्षा, प्राविधिक कार्यसम्पादन तथा आर्थिक व्यवहार्यतासम्बन्धी अनुभव र तथ्याङ्क प्राप्त हुने जनाएको छ। कम्पनीका अनुसार यसबाट प्राप्त सिकाइले भविष्यमा हरित हाइड्रोजनको व्यावसायिक विकास तथा नीतिगत निर्णयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार ०६:४७
प्रतिक्रिया

थप समाचार

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना