२०८३ कार्तिक १२ गते बुधबार

आईएमई लिमिटेड २६औँ वर्षमाः ‘रेमिट्यान्सदेखि फिन्टेक इकोसिस्टम’सम्मको यात्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
ime (1)

काठमाडौँ: वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको पसिना, विश्वास र मेहनतलाई आधार बनाएर स्थापित आइएमई लिमिटेड स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको छ।

साढे दुई दशकभन्दा बढी समयदेखि विप्रेषण (रेमिट्यान्स) सेवामार्फत नेपालीहरूको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको आइएमईले वार्षिकोत्सवका अवसरमा आफ्नो यात्राको समीक्षा गर्दै आगामी दिनमा वित्तीय समावेशीकरण र डिजिटल सेवामा थप केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।

स्थापना दिवसका अवसरमा शुभकामना दिदै संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सफलतामा ग्राहक, साझेदार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

“विश्वका विभिन्न कुनामा आफ्नो पसिना बगाएर परिवारको खुसी र राष्ट्रको समृद्धिका लागि योगदान पुर्‍याइरहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूले आइएमईमाथि गर्नुभएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी र प्रेरणा हो,” ढकालले भने।

उनले ‘रेमिट भनेकै आइएमई’ भन्ने पहिचानसँगै संस्थाको जिम्मेवारी पनि बढेको उल्लेख गर्दै विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह बढाउन सरकारसँग सहकार्य जारी रहने बताए।

ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रम नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।

भरोसाको २६ वर्ष

आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले संस्थाको यात्रा नेपालीहरूको भरोसासँग जोडिएको बताएका छन्।

“यो यात्रा २६ वर्षदेखिको भरोसाको हो। नेपाल बाहिर रहेर पनि आफ्ना आफन्तलाई आइएमईमार्फत रकम पठाइरहनुभएका हरेक मेहनती हातहरूको कथा हो,” उनले भने।

उनका अनुसार काउन्टर सेवाबाट सुरु भएको ग्राहकसँगको सम्बन्ध अहिले डिजिटल माध्यममार्फत अझ छिटो, सुरक्षित र सहज बनेको छ।

“समय फेरियो, प्रविधि फेरियो, तर भरोसा उस्तै छ,” पौडेलले भने।

सानो परिकल्पनादेखि फिन्टेक इकोसिस्टमसम्म

सहसंस्थापक अध्यक्ष हेमराज ढकालले २६ वर्षअघि वैदेशिक रोजगारीको प्रारम्भिक चरणमा सुरु भएको आइएमई आज सफल ‘फिन्टेक इकोसिस्टम’का रूपमा स्थापित भएको बताएका छन्।

“सुरुका दिनमा प्रविधिको प्रयोग निकै सीमित थियो। तर विश्वव्यापी प्राविधिक विकासलाई आत्मसात् गर्दै आइएमईले आफ्ना सेवाहरूलाई थप छिटो, छरितो र सुरक्षित बनाएको छ,” उनले भने।

उनका अनुसार आइएमई अब केवल मनि ट्रान्सफर सेवामा सीमित नभई वित्तीय समावेशीकरण र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको संस्था बनेको छ।

ढकालले आगामी दिनमा ग्राहकको आवश्यकता अनुरूप थप आधुनिक र अत्याधुनिक वित्तीय उत्पादन तथा सेवा बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको सफलतामा सबै सरोकारवालाको साथ र सहयोग रहेको बताए।

अर्थतन्त्रमा योगदान विस्तार

आइएमई ग्रुपले रेमिट्यान्स सेवासँगै उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। समूहले उत्पादन, रोजगारी सिर्जना, राजस्व वृद्धि तथा उद्यमशीलता प्रवर्द्धनमार्फत मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

२६ वर्ष पूरा गर्दै आइएमईले आफूलाई नेपालीहरूको विश्वासको केन्द्र, वित्तीय समावेशीकरणको अग्रदूत तथा नेपालको आर्थिक समृद्धिको साझेदारका रूपमा थप सशक्त बनाउने लक्ष्य अघि सारेको छ।

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार ०४:२२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना