२०८३ कार्तिक २२ गते शनिवार

वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशत बढेर साढे ५६ अर्ब, कुन बैंकको कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
Nepal Click

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले १० महिनाको अवधिमा कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १८.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४७ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए।

नबिल बैंकको अग्रता कायम

नाफाको आधारमा नबिल बैंक पुनः शीर्ष स्थानमा रहेको छ। वैशाख मसान्तसम्म बैंकले सात अर्ब ६६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षमा सात अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने नबिल एकमात्र वाणिज्य बैंक बनेको छ। चालू आर्थिक वर्षमा नबिलले साढे आठ अर्ब रुपैयाँ हारहारीमा नाफा गर्ने देखिएको छ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक ले पाँच अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै कुमारी बैंक चार अर्ब ४९ करोड ६९ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा रहेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले तीन अर्ब ८० करोड ३२ लाख रुपैयाँ नाफा कमाउँदै चौथो स्थान हासिल गरेको छ।

त्यसैगरी एभरेष्ट बैंकले तीन अर्ब ७० करोड १२ लाख, प्राइम कमर्सियल बैंकले तीन अर्ब ४० करोड ६१ लाख र सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। साथै, एनएमबी बैंकको नाफा तीन अर्ब १४ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, नेपाल बैंकले दुई अर्ब ९८ करोड ८० लाख, सानिमा बैंकले दुई अर्ब ६८ करोड ७१ लाख, लक्ष्मी सनराइज बैंकले दुई अर्ब ४६ करोड १६ लाख, सिद्धार्थ बैंकले दुई अर्ब ३८ करोड ८९ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ३५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

माछापुच्छ्रे बैंकले एक अर्ब ८८ करोड ११ लाख, नेपाल एसबिआई बैंकले एक अर्ब ६८ करोड र कृषि विकास बैंकले एक अर्ब ५९ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै सिटिजन्स बैंकको नाफा एक अर्ब ४९ करोड ९० लाख र प्रभु बैंकको नाफा एक अर्ब १६ करोड ६७ लाख रुपैयाँ रहेको छ।

नाफाको हिसाबले सबैभन्दा पछाडि रहेका हिमालयन बैंकले ८० करोड २८ लाख र एनआईसी एशिया बैंकले ३३ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा गरेका छन्।

 

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार ०६:२२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना