२०८३ कार्तिक २२ गते शनिवार

क्याम्सको आयोजनामा शनिबार उजामामा निःशुल्क स्वास्थ्य जाँच

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
cams

काठमाडौँः सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)ले जेठ ३० गते (शनिबार) काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ। ‘फ्रि हेल्थ चेकअपः भाइब चेक’ नाम दिइएको उक्त कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आयोजना हुनेछ।

भाइब चेक शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ डाक्टरमार्फत परामर्शका साथै खुल्ला अन्तक्रिया कार्यक्रम हुने आयोजक क्याम्सले जनाएको छ। निःशुल्क स्वास्थ्य परीक्षणमा डा विप्लव अधिकारी, डा सम्मान गुभाजू, डा अनुपम ठाकुरलगायतले निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिनेछन्। स्वास्थ्य परीक्षणमा इच्छुक सबै नागरिक उपस्थित भएर सेवा लिन सक्ने क्याम्सले जनाएको छ, यसका लागि कुनै अग्रिम बुकिङ नचाहिने प्रमुख परिचालन अधिकारी (सीओओ) सुब्रत सिटौलाले जानकारी दिए।

‘हामी डाक्टरकहाँ किन जाँदैनौँ? कसैलाई अस्पतालको माहोल मन पर्दैन। कसैलाई महँगो लाग्छ। कसैलाई खुल्न अप्ठ्यारो लाग्छ। मुख्यतः अस्पताल जाँदा पनि लाइन लाग्नुपर्ने, सेवा लिँदा कसैलाई चिन्नुपर्ने अवस्थाका कारण अस्पतालमै पुगेर सेवा लिन चाहेर पनि धेरैले त्यो समय मिलाउन सकेका हुँदैनन्। त्यसैको सहजीकरणका लागि हामीहरुले यो सेवा दिन लागेका हौँ,’ उनले भने।

उनका अनुसार ब्लड प्रेसर, बीएमआई, बीसीएलगायतको निःशुल्क जाँच हुनेछ। यसबाहेक यदि कसैलाई विशेषज्ञ परामर्श चाहिएमा पनि लिन सक्नेछन्। जसमा बाथ तथा हाडजोर्नी विशेषज्ञ डा सन्तोष भुसाल, मनोचिकित्सक समीक्षा कोइराला, संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी, छालारोग विशेषज्ञ डा अनिजा राणा र पोषण तथा आहार विशेषज्ञ प्रीतिबाबा जोशीले परामर्श गर्नेछन्।

यसबाहेक स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरुसम्बन्धी भ्रम निवारणका लागि अन्तक्रिया कार्यक्रम पनि हुनेछ। नेपाली स्वास्थ्य प्रणालीमा प्रमाण आधारित नैतिक चिकित्सा अभ्यास स्थापित गर्ने उद्देश्यसहित खडा भएको क्याम्स अमेरिकन बोर्ड प्रमाणित चिकित्सकहरूद्वारा सञ्चालित सुपरस्पेसलिटी क्लिनिक हो, जुन नयाँबानेश्वरको जनसहयोगी मार्गमा रहेको छ।

यस निःशुल्क स्वास्थ्य जाँचका लागि उजामा क्याफेका ग्राहकहरूबीच सर्भे गरिएको थियो, जसमा सहभागीमध्ये ८७ प्रतिशतले यस्तो शिविर गर्नुपर्ने धारणा राखेका थिए। उक्त सर्भेमा सहभागीले माग गरेअनुसार विशेषज्ञहरू उपलब्ध गराइदिएकोमा क्याम्सलाई धन्यवाद दिँदै उजामाका सञ्चालक लिलाराम खड्का भन्छन्, ‘लाइब्रेरीमा आधारित क्याफे भएता पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहभागी पनि हुनु खुसीको कुरा हो। यसैका लागि हामीहरुले स्वास्थ्य जाँचलाई प्रधानता दिँदै उक्त दिन क्याफेले उपलब्ध गराउने कफी र बेकरी आइटमबाहेकका सेवा बन्द गरेका छौँ।’

एआई ल्याब नेपाल, च्याप्टर अन द स्ट्रिट्स, हेल्दी होम, एक टुक्रासहितको सहकार्यमा क्याम्स नेपालले उक्त निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको हो। क्याम्सका अनुसार उक्त कार्यक्रममा कुनै औषधि वा मेडिकल उत्पादनको प्रचार गरिने छैन र सहभागीहरुको डेटा सुरक्षित र गोपनीयता कायम राखिनेछ।

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार ०७:४५
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना