२०८३ कार्तिक २२ गते शनिवार

असारमा पनि घटाए बैंकहरूले ब्याजदर, कुनको कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३१
Banijya_BAnk_nepal

काठमाडौँः ऋणको माग ज्यादै न्यून भएपछि वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर घटाएका छन्। असार १ गतेदेखि लागू हुने गरी केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरेका हुन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेर ४.२७ प्रतिशतमा झरेको छ। अघिल्लो महिना जेठमा यस्तो निक्षेपको औसत ब्याजदर ४.३४ प्रतिशत थियो।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदरमा सामान्य गिरावट आएको छ। असारका लागि औसत ब्याजदर ०.०२ प्रतिशत बिन्दुले घटेर ३.१८ प्रतिशत कायम भएको छ। जेठ महिनामा यो दर ३.२० प्रतिशत थियो।

असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

यता कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा एकल सरकार गठन हुँदा अर्थतन्त्रमा सुधार आउने, लगानी बढ्ने र बैंकिङ प्रणालीमा थुप्रिएको तरलता बजारमा प्रवाह हुने अपेक्षा गरिएको थियो। तर सरकार गठन भएको तीन महिना बितिसक्दा पनि अपेक्षाअनुसार लगानीकर्ताको विश्वास बढ्न सकेको देखिँदैन।

हाल बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। अत्यधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले हरेक साता निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिचिरहेको छ। बैंकहरूमा निक्षेप संकलन निरन्तर बढे पनि कर्जा प्रवाह भने अपेक्षित रूपमा विस्तार हुन सकेको छैन।

अर्थतन्त्रमा देखिएको सुस्तता, लगानी विस्तारमा कमी तथा कर्जाको कमजोर मागका कारण बैंकहरूमा निक्षेप थुप्रिने क्रम जारी रहेको छ। रास्वपाको नेतृत्वमा बलियो सरकार गठन भए पनि लगानीकर्ता अझै पूर्ण रूपमा आश्वस्त हुन नसकेको संकेत बैंकहरूको कर्जा लगानी तथ्यांकले गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्ममा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा ५.७ प्रतिशतले मात्र बढेको छ। यस अवधिमा कर्जा तीन खर्ब १२ अर्ब रुपैयाँले वृद्धि भई कुल ५८ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यता बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ९.४ प्रतिशत अर्थात् ६ खर्ब ४५ अर्ब ४१ करोड रुपैयाँले बढेर ७५ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

निक्षेपको लागत घटाउने तथा कर्जाको ब्याजदर थप सस्तो बनाउने उद्देश्यले बैंकहरूले ब्याजदर कटौतीलाई निरन्तरता दिएका छन्। तर ब्याजदर घट्दासमेत कर्जा मागमा उल्लेख्य सुधार नआउनुले आर्थिक गतिविधि अझै अपेक्षित रूपमा चलायमान हुन नसकेको देखाउँछ।

प्रकाशित: २०८३ जेठ ३१ गते आईतबार ११:४०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना