काठमाडौं – अमेरिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। जिम्बावेमा जारी विश्वकपको छनोट खेलअन्तर्गत २६ ओभर एक बलमा रोहित पौडेल आउट भए।
२९ बलमा १६ रन बनाएका पौडेल पटेलको बलमा आउट भएका हुन्। उनले प्रहार गरेको बललाई अमेरिकाका जसदिप सिंहले क्याच गरेका थिए।
यसअघि नै नेपालले आसिफ शेख र कुशल भुर्तेललाई आउट भइसकेका छन्। अघिल्लो खेलमा ९९ रन बनाएका कुशलले आजको खेलमा ३९ रन बनाएका छन्। आसिफले भने १२ रन मात्र जोड्न सके। रोहित आउट हुँदा नेपालका खातामा ११२ रन थियो।
अहिले मैदानमा भीम सार्की र कुशल मल्ल छन्।


