काठमाडौं – जिम्बाबेको टागासिंगा स्पोर्टस् क्लबमा भर्खरै सम्पन्न भएको खेलमा नेपाले अमेरिकालाई ६ विकेटले हराएको छ। २०८ रनको लक्ष्य पछ्याएको नेपालले आईसीसी विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा ४२ बल बाँकी रहँदै चार विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेपछि जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो। त्यसैले नेपालले खेलमा २०८ रनको लक्ष्य पाएको थियो।
पहिलो पारीमा नेपालविरुद्ध सयन जाहान्गिरले शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका सयनले ७९ बलमा तीन छक्का र १० चौकका साथ सतक प्रहार गरेका थिए। यद्यपी बाँकी खेलाडीले भने औषत प्रदर्शन गरे।

नेपालका लागि भीम सार्कीले ११४ बलमा सर्वाधिक ७७ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ३९ रनको योगदान दिएका थिए।
दोस्रो पारीमा नेपालले औषत सुरुआत गरेको थियो। २५ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि अमेरिकी बलर सौरभ नेत्राभल्करले ओपनर आसिफ शेखलाई पेवेलियन फर्काएका थिए।
सौरभले पाँचौ ओभरको अन्तम बलमा आसिफलाई एलबीडब्ल्यु आउट गराए। आउट हुनुअघि आसिफले १६ बलमा १२ रन बनाएका थिए। आसिफ आउट भएसँगै भीम सार्की मैदान प्रवेश गरेका छन्।
छनोट खेलअन्तर्गत १६ ओभर २ बलमा कुशल भुर्तेल र २६ ओभर एक बलमा रोहित पौडेल आउट भए। अघिल्लो खेलमा ९९ रन बनाएका कुशलले आजको खेलमा ३९ रन बनाएर आउट भएका थिए। नेपालले दोस्रो विकेट गुमाउँदा खातामा ७४ रन थियो।
त्यस्तै, २९ बलमा १६ रन बनाएका पौडेल पटेलको बलमा आउट भएका हुन्। रोहितले प्रहार गरेको बललाई अमेरिकाका जसदिप सिंहले क्याच गरेपछि रोहितले मैदान छोड्नुपर्यो।

फाइल तस्बिर।
रोहित आउट हुँदा नेपालका खातामा ११२ रन थियो। आउट हुनु अघिसम्म कुशल मल्लले १३ रन बनाएका थिए। अमेरिकाका सैरभ, नोस्थुस, निसर्ग पटेल र स्टेभेनले समान एकएक विकेट गिराएका थिए।
पहिलो पारीमा आमेरिकाविरुद्ध नेपालले सुरुआतबाटै निकै घातक बलिङ अट्याक गर्यो। नेपालका लागि पावर प्ले नसकिँदै करण केसी एक्लैले चार विकेट गिराएका थिए। उनले खेलको दोस्रो ओभरमा नै दुई विकेट लिएका थिए भने आठौं ओभर र १० औं ओभरमा एक एक विकेट लिए।
उनले दोस्रो ओभरको पाँचौ बलमा ओपनर स्टेभेन टेलरलाई एलबीडब्ल्यु आउट गराएका थिए। त्यस्तै, छैटौं बलमा सैतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए।
मुकामल्ला गोल्डेन डगआट भएका थिए। टेलरले भने ९ बल खेलेर चार रन लिए। पहिलो दुर्य विकेट झर्दा अमेरिकाको हातमा ६ रन मात्र थियो। खेलमा उनले नै लगातार चार विकेट लिए। तेस्रो विकेटका रुपमा आरोन जेन्सलाई पेवेलियन फर्काएका थिए। नेपालविरुद्ध २२ बल खेलेका आरोन दुई रन जोड्दै डगआउट फर्किए। कप्तान जोन्सको ब्याटबाट गएको बललाई भुर्तेलले क्याच गरेएका थिए।
कमजोर सुरुआत गरेको अमेरिकाले पवर प्ले सकिँदा २३ रन मात्र बनाएको छ। त्यसअघि उसले चौथो विकेट गुमाउँदा १८ रन मात्र थियो। पाँचौ नम्बरमा मैदान छिरेका नोसथुस केन्जीलाई करणले आरिफको हातबाट क्याचआउट गराएका थिए।

त्यसपछि भने अमेरिकाले केही सम्हालिएर खेल्यो। गजानन्द सिंह र ओपनर शुसान्त मोदानीले ४७ रनको साझेदारी गरे। त्यसपछि खेलको २२ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले उनीहरुको साझेदारी तोडे। ऐरीले ४१ ब्लमा २६ रन बनाएका गजानन्दलाई आरिफको हातबाट क्याच गराए। आजको खेलमा मात्र आरिफले तीन क्याच गरेका थिए।
मोदानीले सयन जाहान्गिरसँग पनि २९ रनको साझेदारी गरे। यो समयसम्म ४२ रन बनाइसकेका सुसान्त मोदानीलाई ललित राजवंशीले आउट गराएका थिए।
त्यसपछि मैदान आएका निसर्ग पटेल पनि धेरै समय टिक्न सकेनन्। ८ रन बनाएको अवस्थमा गुल्सन झाले उनलाई पेवेलियन पठाइदिए। निसर्गभन्दा अघि आएका सयनले अविजित सतक प्रहार गरे भने जेसी सिंह, सौरभ नेत्राभल्कर र केली फिलिपले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

जिम्बाब्वेको राजधानी हरारेको हरारे स्पोर्ट्स क्लबमा जिम्बाब्वे र नेपालबीचको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट जिम्बाब्वे २०२३ को खेलअघि ब्याटिङको तयारी गर्दा आसिफ शेख र कुशल भुर्तेल पन्जा बम्प गर्दै
अन्तिम ओभर बाँकी रहँदै गुल्सन झाले फिलिपको विकेट लिएपछि अमेरिकाले सबै विकेट गुमाएको हो।
पहिलो खेलमा नेपालले जिम्बावेसँग आठ विकेटको हार बेहोरेको थियो। यो जितसँगै नेपालले सुपर सिक्समा जाने सम्भावना कायमै राखेको छ।


