काठमाडौँः सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा पाएको लक्ष्मी सनराइज क्यापिटलले असार १ गते आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले जेठ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा अपेक्षाभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा (लक्की ड्र) मार्फत सेयर वितरण गरिएको हो।
बिक्री प्रबन्धकका अनुसार कुल २७ लाख ५९ हजार ४९० आवेदन प्राप्त भएका थिए। तीमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले अयोग्य ठहरिएका छन्।
उपलब्ध सेयरभन्दा धेरै माग परेकाले ४ लाख ६७ हजार ४०० आवेदकले मात्र १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। अन्य योग्य आवेदक भने यसपटक सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।


