२०८३ कार्तिक २२ गते शनिवार

विकास बैंकहरूको नाफा ४४ प्रतिशत बढ्यो, गरिमा र मुक्तिनाथको नाफा अर्बमाथि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
bikash bank (2)

काठमाडौँः चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा विकास बैंक क्षेत्रको समग्र वित्तीय अवस्था मजबुत बन्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १७ वटा विकास बैंकहरूले वैशाख मसान्तसम्म कुल ६ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.१५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म विकास बैंकहरूको संयुक्त नाफा ४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।

१७ विकास बैंकमध्ये १३ बैंकले नाफा कमाएका छन् भने ४ बैंक अझै घाटामा छन्। नाफा आर्जन गर्ने बैंकहरूमध्ये अधिकांशले गत वर्षको तुलनामा उल्लेखनीय वृद्धिदर हासिल गरेका छन्।

वैशाखसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकको सूचीमा गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ। गरिमा बैंकले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। मुक्तिनाथ विकास बैंकले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान सुरक्षित गरेको छ।

गत वर्षको तुलनामा गरिमाको नाफा करिब ३९ प्रतिशत तथा मुक्तिनाथको नाफा २६ प्रतिशतभन्दा बढीले बढेको देखिन्छ।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८९ करोड ३९ लाख, ज्योति विकास बैंकले ७२ करोड ४९ लाख, कामना सेवा विकास बैंकले ६७ करोड २ लाख, लुम्बिनी विकास बैंकले ६३ करोढ ६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५४ करोड ६० लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३८ लाख रुपैयाँ नाफा गरेका छन्।

एक्सेल डेभलपमेन्ट बैंकले १४ करोड ६३ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड ३५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५ करोड ८६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ५५ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ८७ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।

सो अवधिसम्म ४ बैंक भने घाटामा छन्। कर्णाली डेभलपमेन्ट बैंक २३ करोड ९६ लाख, नारायणी डेभलपमेन्ट बैंकको ५ करोड ४९ लाख, सिन्धु विकास बैकको ३ करोड ७२ लाख र सालपा विकास विकास बैंकले ८० लाख रुपैयाँ घाटा ब्यहोरेका छन्। समस्याग्रस्त कर्णाली डेभलपमेन्टलाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ। सञ्चालनको तयारी भइरहेको छ।

गत आर्थिक वर्षको तुलनामा सर्वाधिक नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ। यो बैंकले ४२८.७० प्रतिशतले नाफा बढाएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

 

प्रकाशित: २०८३ असार २ गते मङ्गलबार ०७:०३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना