२०८३ साउन १३ गते बुधबार

डाटा सेन्टरमा बिजुली आपूर्ति अवरोध हुँदा १ हजार ५०० वेबसाइट प्रत्यक्ष प्रभावित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ६
data_center
विस्फोट भएको विद्युत ट्रान्सफर्मर

काठमाडौं– सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (डाटा सेन्टर)मा बिजुली आपूर्तिमा अवरोध हुँदा करिब १ हजार ५०० बेवसाइट प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ। सरकारको एक मात्र सिंहदरबारस्थित डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवामा अवरोध भएको केन्द्रका प्रवक्ता सफल श्रेष्ठले बताएका हुन्। तर, बिजुली अवरोधले सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनको भनाइ छ।

मंगलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताए। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मंगलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठूलो आवाजले पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात–सात वटा फिडर बनाइएको छ। तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन। फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो।

डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुनुभन्दा पहिलादेखि विद्युत् भोल्टेज तलमाथि भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामीले केन्द्रमा रहेका जेनरेटरमार्फत विद्युत् दिँदै आएका थियौँ। तर पछि केबलमा हिट हुने समस्या देखिन थालेपछि जेनेरेटरबाट पनि काम हुन सकेन।’

विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार डेडिकेटेड फिडर प्यानलै जलेकाले त्यहाँ वैकल्पिक व्यवस्था गर्न सकिएको थिएन। बाँकी सबै फिडरमा इनकमिङ प्राधिकरणले केन्द्रको संवेदनशीललाई हेरेर भविष्यमा सो केन्द्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नआउने गरी वैकल्पिक प्रणाली पनि बुधबारदेखि नै जडान थालिने उनले बताए।

डाटा सेन्टरमा विद्युत् प्रवाह हुने सिंहदरबारस्थित विद्युत प्राधिकरणको ट्रान्सफर्मर विस्फोट भएकाले मंगलबार सेन्टरमा विद्युत आपूर्ति भएको थिएन। सिंहदबारमा रहेको प्राधिकरणको सब–स्टेनसनमा लगातार दुई पटकसम्म विस्फोट भएको आवाज सुनिएको थियो। अपराह्न १२ः३० बजे डाटा डेडिकेटेट लाइनको ट्रान्सफर विस्फोट भएको थियो।

ट्रान्सफर्मर विस्फोट भएपछि डाटा सेन्टरका कर्मचारीले प्राधिकरणलाई खबर गरेका थिए। त्यसपछि प्राधिकरणका कर्मचारी मर्मतका लागि घटनास्थलमा पुगेका थिए। ५० देखि ६० जना प्राधिकरणका कर्मचारी यसको मर्मतसम्भारमा खटिए पनि मर्मत हुन नसकेकाले सेन्टरको काम प्रभावित हुन पुगेको हो।

विद्युत् अवरुद्ध भएको १२ घन्टा पुग्न लाग्दासमेत मर्मत नभएको र डाटा सेन्टरको जनेटरले समेत भार थेग्न नसकेपछि सेन्टरले आफ्नो सेवा अवरुद्ध गरेको थियो। सिंहदरबारजस्तो संवेदनशील स्थानमा रहेको सब–स्टेसन विस्फोट हुनुले प्राधिकरणले प्रयोग गर्ने उपकरणको गुणस्तरबारे सोच्नुपर्ने अवस्था देखिएको छ। सेन्टरले १ हजार ४०० सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै ३ हजार बढी सरकारी कार्यालयका डोमेन दर्ता गरेको छ।

प्रकाशित: २०८० असार ६ गते बुधबार ०६:५६
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना