२०८३ कार्तिक ११ गते मङ्गलबार

डाटा सेन्टरमा बिजुली आपूर्ति अवरोध हुँदा १ हजार ५०० वेबसाइट प्रत्यक्ष प्रभावित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ६
data_center
विस्फोट भएको विद्युत ट्रान्सफर्मर

काठमाडौं– सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (डाटा सेन्टर)मा बिजुली आपूर्तिमा अवरोध हुँदा करिब १ हजार ५०० बेवसाइट प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ। सरकारको एक मात्र सिंहदरबारस्थित डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवामा अवरोध भएको केन्द्रका प्रवक्ता सफल श्रेष्ठले बताएका हुन्। तर, बिजुली अवरोधले सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनको भनाइ छ।

मंगलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताए। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मंगलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठूलो आवाजले पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात–सात वटा फिडर बनाइएको छ। तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन। फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो।

डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुनुभन्दा पहिलादेखि विद्युत् भोल्टेज तलमाथि भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामीले केन्द्रमा रहेका जेनरेटरमार्फत विद्युत् दिँदै आएका थियौँ। तर पछि केबलमा हिट हुने समस्या देखिन थालेपछि जेनेरेटरबाट पनि काम हुन सकेन।’

विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार डेडिकेटेड फिडर प्यानलै जलेकाले त्यहाँ वैकल्पिक व्यवस्था गर्न सकिएको थिएन। बाँकी सबै फिडरमा इनकमिङ प्राधिकरणले केन्द्रको संवेदनशीललाई हेरेर भविष्यमा सो केन्द्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नआउने गरी वैकल्पिक प्रणाली पनि बुधबारदेखि नै जडान थालिने उनले बताए।

डाटा सेन्टरमा विद्युत् प्रवाह हुने सिंहदरबारस्थित विद्युत प्राधिकरणको ट्रान्सफर्मर विस्फोट भएकाले मंगलबार सेन्टरमा विद्युत आपूर्ति भएको थिएन। सिंहदबारमा रहेको प्राधिकरणको सब–स्टेनसनमा लगातार दुई पटकसम्म विस्फोट भएको आवाज सुनिएको थियो। अपराह्न १२ः३० बजे डाटा डेडिकेटेट लाइनको ट्रान्सफर विस्फोट भएको थियो।

ट्रान्सफर्मर विस्फोट भएपछि डाटा सेन्टरका कर्मचारीले प्राधिकरणलाई खबर गरेका थिए। त्यसपछि प्राधिकरणका कर्मचारी मर्मतका लागि घटनास्थलमा पुगेका थिए। ५० देखि ६० जना प्राधिकरणका कर्मचारी यसको मर्मतसम्भारमा खटिए पनि मर्मत हुन नसकेकाले सेन्टरको काम प्रभावित हुन पुगेको हो।

विद्युत् अवरुद्ध भएको १२ घन्टा पुग्न लाग्दासमेत मर्मत नभएको र डाटा सेन्टरको जनेटरले समेत भार थेग्न नसकेपछि सेन्टरले आफ्नो सेवा अवरुद्ध गरेको थियो। सिंहदरबारजस्तो संवेदनशील स्थानमा रहेको सब–स्टेसन विस्फोट हुनुले प्राधिकरणले प्रयोग गर्ने उपकरणको गुणस्तरबारे सोच्नुपर्ने अवस्था देखिएको छ। सेन्टरले १ हजार ४०० सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै ३ हजार बढी सरकारी कार्यालयका डोमेन दर्ता गरेको छ।

प्रकाशित: २०८० असार ६ गते बुधबार ०६:५६
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना