काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ।

असार ३ गते सम्पन्न सभाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो। अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत सेयर बिक्री गर्नेछ।

वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त सेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ। हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ।