Nepal Clicks
२०८३ कार्तिक २२ गते शनिवार
Nepal ClicksNepal Clicks
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ नीति
  • बैंकिङ
  • उद्योग
  • पूर्वाधार
  • विचार
  • सहकारी विशेष
  • म्यागजिन
२०८३ कार्तिक २२ गते शनिवार
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ नीति
  • बैंकिङ
  • उद्योग
  • पूर्वाधार
  • विचार
  • सहकारी विशेष
  • म्यागजिन

भारतको निर्यात अवरोधले १४ अर्बको चिया उद्योग संकटमा, बिहीबारदेखि उद्योगहरू बन्द हुने

काठमाडौँ, असार ३  |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
tea plant chiya1655024190

झापा: नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन्।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताए। नेपाल चिया उत्पादक संघ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन्।

चिया उद्योग संकटमा पर्दा सरकारको बेवास्ताः सांसद राई

उनले विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउनुहुँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गरे। चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक रु एक अर्ब राजस्व बुझाउँदै आएको छ।

नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने गरेको छ। उत्पादित चियामध्ये ठूलो हिस्सा भारत निर्यात हुँदै आएको उद्योगीहरूको भनाइ छ। भारतले नयाँ एसओपी लागू गरेपछि निर्यात प्रक्रिया जटिल बनेको र ठूलो परिमाणको चिया गोदाममै थन्किने जोखिम बढेको उनीहरूको दाबी छ।

भारतले चिया आयातमा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

उद्योगीहरूका अनुसार नेपाली चिया उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं किसान आबद्ध छन्। निर्यात अवरुद्ध हुँदा उद्योगी मात्र होइन, हरियो पत्ती उत्पादन गर्ने किसानसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।

चिया क्षेत्र नेपालको प्रमुख कृषि निर्यातजन्य उद्योगमध्ये एक मानिन्छ। विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा पूर्वी नेपालको स्थानीय अर्थतन्त्रमा यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको उद्योगीहरूको भनाइ छ।

प्रकाशित: २०८३ असार ३ गते बुधबार ०४:१६
Sanket

नेपाल क्लिक्स

प्रतिक्रिया

थप समाचार

photo-4_1bfa1628

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...
New Project – 2026-11-06T104810.221

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...
pmo

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
Mahalekha-Niyantrak

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...
photo_7895dd55

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

ट्रेंडिंग

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
facebook
twitter
youtube
tiktok

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना
  • हाम्रो टिम
Copyright © 2023 Nepal Clicks. Architected by: SoftCrunch
Loading Comments...