काठमाडौँः एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बिहीबार बिहान सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल २६ लाख ८७ हजार ४ सय २१ जनाको आवेदन परेको थियो । जस मध्ये २६ लाख ४१ हजार ९ सय ५९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस अनुसार ६५ हजार ५ सय ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।


