काठमाडौँः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


