२०८३ कार्तिक २२ गते शनिवार

महानिर्देशक पक्राउ, आरजुको नाममा म्याद तामेल: पासपोर्ट ठेक्का प्रकरण के हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
Close-up,Of,A,Nepal,Passport,Held,In,Hand,Against,A

काठमाडौँ: ६४ लाख थान विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको ठेक्कामा अर्बौँ अनियमितता र भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसी अनुसन्धानका क्रममा हिरासतमा रहेका छन्। यसै प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि तानिएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठस्थित जेनजी आन्दोलनका क्रममा जलेको भग्नावशेष देउवा निवासमा बयानका लागि हजिर हुन आउनू भनी म्याद तामेल गरेको छ। अनुसन्धान अधिकृतको टोलीले बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा म्याद तामेल गर्नुपर्ने व्यवस्थाअनुसार उक्त म्याद तामेल गरेको हो।

गत सोमबार प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुलाई राखेर राहदानी प्रकरणमा संलग्नलाई पक्राउ गर्न दबाब दिइएको थियो। यसै प्रकरणमा महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालयबाटै पक्राउ गरिएको थियो। राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र मनिन्द्रराज मल्ललाई  पनि नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ।

प्रधानमन्त्रीका सहयोगीहरूले प्रधानमन्त्री कार्यालयमा बोलाएर अख्तियारका प्रमुख र पदाधिकारीहरूलाई धम्काएको भन्दै उक्त प्रकरण  संसद्‌मा पनि प्रवेश गरेको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले कर्मचारी र संवैधानिक पदाधिकारीलाई धम्क्याएको भन्दै संसदीय छानबिन समितिको माग गरेका छन्।

बुधबार प्रधानमन्त्री कार्यालय परिसरबाट सामाजिक सञ्जालमा लाइभ आउँदै पत्रकार सीताराम बरालले यसबारेमा बताएका थिए।

तीर्थ अर्याल र परराष्ट्र सचिवलाई बोलाउनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई यहाँभित्र बोलाएर कोठामा थुनेर प्रधानमन्त्री कार्यालयका प्रधानमन्त्रीका सहयोगीहरू जुन चाहिँ संविधानले पनि चिन्दैनन्, ती सहयोगीहरूले एकदमै अश्लील शब्दसम्मको शब्द प्रयोग गरेर, अख्तियारका एउटा संवैधानिक स्वतन्त्र आयोगका प्रमुखलाई तँ भन्ने शब्द त एउटा सामान्य भयो तर एकदमै अश्लील शब्दसमेत प्रयोग गरेर उनीहरूलाई चाहिँ यो पासपोर्ट खरिदमा जुन छ के रे जुन घटना भएको छ, पासपोर्ट खरिद सम्बन्धी जुन निर्णय भएको छ, त्यो पासपोर्ट खरिद चाहिँ को बारेमा चाहिँ फलानो व्यक्तिलाई तीर्थ अर्याललाई पक्राउ गर्छौ भने गर नत्रभने पक्राउ गर्दैनौ भने चाहिँ पक्राउ पुर्जी यहीँबाट जारी हुन्न भने चाहिँ हामी ढोका थुनेर तिमीहरूलाई घर जान दिन्नौँसम्म भनेर उनीहरूलाई धम्की दिएर, ढोका लगाएर अनि एउटा बाध्य बनाएर तँ भनेर जुन सूचना मैले प्राप्त गरेँ दिउँसो, त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू, प्रमुख प्रेम कुमार राई, पदाधिकारी र अन्य कर्मचारीहरू, महान्यायाधिवक्तालाई समेत त्यहाँ बोलाइएको रहेछ, उनले भनेका थिए।

उनीहरूलाई धम्काइएको, कुटपिटको धम्की दिइएको र पक्राउ पुर्जी जारी गर्नका लागि बाध्य पारिएको उनको भनाइ थियो। उनले संकेत राम्रो नभएको बताएका थिए।

उक्त भिडियोपछि यसबारेमा विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउने काम भएको भन्दै संसदीय छानबिन समितिको माग गरेका छन्। यस्तै एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र नेकपा सांसद रमेश कुमार मल्लले यससहितका विषयमा प्रधानमन्त्रीको जवाफ मागेका छन्।

के हो प्रकरण?

अख्तियार र संसद्‌का विभिन्न समितिलगायत निकायमा परेको उजुरीमा ६४ लाख थान विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको ठेक्कामा प्राविधिक मूल्यांकन गर्दा नै प्रक्रिया मिचिएको आरोप छ। सार्वजनिक खरिद नियमावलीलाई पूर्णतः लत्याउँदै उच्च राजनीतिक दबाबमा दुईवटा जर्मन कम्पनीहरू म्युहलबाउर आइडी सर्भिस र भेरिडासलाई ६४ लाख थान पासपोर्ट छाप्न ७ अर्ब ६५ करोडको ठेक्का दिइएको आरोप छ।

टेन्डरको मूल्यांकन भइरहेकै समयमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा कुनै औपचारिक कार्यक्रमबिना नै जर्मनी पुगेकी थिइन्। उनकै प्रत्यक्ष दबाबमा जर्मन कम्पनीको पक्षमा ठेक्का सुनिश्चित गरिएको दाबी उजुरीमा गरिएको छ। यस सेटिङमा आरजुका छोरा जयवीर देउवा र राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापाको समेत संलग्नता देखिएको आरोप छ।

विभागले टेन्डरमा आधुनिक ब्लेड सर्भर माग गरेको थियो। तर, जर्मन कम्पनी भेरिडासले पुरानो र सस्तो र्‍याक सर्भर प्रस्ताव गरे पनि उसैलाई छानियो। यस्तै, तीनवटा प्रिन्टरको सर्त रहेकोमा दुईवटा मात्र प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइयो। यो प्राविधिक हेरफेरबाट मात्रै राज्यकोषमा करिब १० करोडको घाटा पुगेको दाबी गरिएको छ।

प्रतिस्पर्धामा रहेको फ्रान्सेली कम्पनी आइडिमियाले दुवै प्याकेज ७ अर्ब ७७ करोडमा गर्ने प्रस्ताव गरेको थियो। तर, विनिमय दरको चलखेल र दुई फरक जर्मन कम्पनीलाई छुट्टाछुट्टै प्याकेज भिडाएर राज्यकोषमा झन्डै १ अर्ब रुपैयाँ अतिरिक्त भार पारिएको छ।

११ महिना बितिसक्दा पनि ठेक्का पाउने कम्पनीले पासपोर्ट छाप्ने र डाटा इन्टिग्रेसन गर्ने काम पुरा गर्न सकेका छैनन्। अब विभागसँग केवल एक लाख पासपोर्ट बाँकी छ, जसले गर्दा आगामी महिनादेखि मुलुकमा राहदानीको चरम अभाव हुने देखिएको छ।

अख्तियारले हालसम्म महानिर्देशक अर्याल, निर्देशक केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य र बिचौलियाका रूपमा चिनिएका मनिन्द्रराज मल्ललाई पक्राउ गरिसकेको छ। घटनामा मुछिएका सिद्धार्थ थापा भने सम्पर्कविहीन छन्।

करिब ४० जनाभन्दा बढी व्यक्तिहरू अख्तियारको निगरानीमा छन्।

प्रकाशित: २०८३ असार ४ गते बिहिबार ०१:५१
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना