काठमाडौँः आज शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


