काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ। आज कुल ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा ७ उपसूचकमा सुधार देखिएको छ भने ६ उपसूचक ओरालो लागेका छन्। समग्र बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ। त्यस्तै १७ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन सो स्टकको ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ।


