२०८३ कार्तिक १२ गते बुधबार

बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
TBC.jpg

काठमाडौँ: ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो। कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ।

कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत सम्पूर्ण पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो।

सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल विगत चार दशकभन्दा लामो समयदेखि बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्याङ्कन गर्ने प्रतिष्ठित निकायका रूपमा परिचित छ। बिएसीको मान्यता शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ।

उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्याङ्कन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत छ प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले उक्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए। “यो उपलब्धिले विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा तथा शैक्षिक उत्कृष्टता हाम्रो प्राथमिकतामा रहेको थप विश्वास दिलाएको छ,” उनले भने।

द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गरी नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बिएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनजस्ता क्षेत्रमा संस्थाले कडा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पार गरेको प्रमाणित गर्ने बताइन्। उनले सन् २०२१ देखि बिएसी मान्यता प्राप्त द ब्रिटिस कलेजलाई सफल पुनः मान्यताका लागि बधाईसमेत दिएकी छन्।

द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिएका अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम, उद्योग क्षेत्रसँगको सहकार्य तथा विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको छ। कलेजले प्राप्त गरेको पछिल्लो मान्यताले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारहरूबीच संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

कलेजले हालै केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ। कलेजका अनुसार उक्त उपलब्धिले संस्थाले अन्तर्राष्ट्रियस्तरका शैक्षिक मापदण्ड र संस्थागत व्यवस्थापन कायम राखेको स्वतन्त्र प्रमाणका रूपमा काम गर्नेछ।

प्रकाशित: २०८३ असार ५ गते शुक्रबार ०५:०५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना