काठमाडौँ: नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपाल भट्ट नियुक्त भएका छन्।
सेबोन अध्यक्ष छनोट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डा गोपालप्रसाद भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्षिप्त सूचीबाट भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। कैलालीका भट्टले स्टक मार्केटमा विद्यावारिधि गरेका छन्। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्ट हाल अध्यापन कार्यमा व्यस्त थिए।
सेबोनका तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।


