२०८३ कार्तिक २२ गते शनिवार

थलिएको पुँजी बजार सुधार्ने जिम्मा डा. भट्टको काँधमा: यस्ता छन् चुनौतीका चाङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
sebon adakshya

काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य संयोजक रहेको सिफारिस समितिले एक महिनाअघि भट्टसहित तीन जनाको नाम सरकारलाई सिफारिस गरेको थियो। समितिले भट्टसँगै राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्यको नाम सिफारिस गरेको थियो।

कूल ४७ जना आवेदकमध्ये चार जनालाई अन्तर्वार्ताका लागि छनोट गरी अन्तिम तीन जनाको नाम सिफारिस गरिएको थियो। समितिमा पूर्वबैंकर भुवन दाहाल र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य थिए।

राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा सन् २००९ मा ‘स्टक मार्केट इफिसेन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन्। अनुसन्धान, बैंक सुपरिवेक्षण, वित्तीय नियमन, मौद्रिक नीति तथा पुँजी बजारसम्बन्धी क्षेत्रमा उनको लामो अनुभव रहेको छ।

भट्टले सेबोनका पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि बाँकी रहेको करिब साढे दुई वर्षको कार्यकाल पूरा गर्नेछन्। धितोपत्रसम्बन्धी ऐनअनुसार अध्यक्षको पद रिक्त भएमा बाँकी अवधिका लागि सरकारले नियुक्ति गर्ने व्यवस्था छ।

चुनौतीपूर्ण कार्यभार

विज्ञ भट्टले नेतृत्व सम्हाल्ने बेला नेपालको पुँजीबजार अनेकौ चुनौतीसँग जुधिरहेको छ। पछिल्लो समय सेयर बजारमा उत्साह घट्नु, लगानीकर्ताको सहभागिता कमजोर हुनु तथा बजारप्रति विश्वासमा कमी आउनुले नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्नहरू उठिरहेको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कारोबारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु भएपछि बजारमा थप अन्योल र त्रासको अवस्था पनि देखिएको छ।

यस्तो अवस्थामा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्नु नयाँ अध्यक्षको पहिलो चुनौती हुनेछ। बजारमा पारदर्शिता, सुशासन र निष्पक्ष नियमन कायम गर्दै इनसाइडर ट्रेडिङ, कृत्रिम कारोबार (मार्केट म्यानिपुलेसन) तथा मूल्य चलखेल नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको छ।

यससँगै लामो समयदेखि बोर्डमा रोकिएका साधारण सेयर (आईपीओ), थप निष्कासन (एफपीओ), हकप्रद सेयर, डिबेञ्चर, म्युचुअल फन्ड तथा अन्य धितोपत्र निष्कासनसम्बन्धी फाइलहरूलाई छिटो र पारदर्शी ढंगले टुंग्याउनु अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ।

सेबोनले अझै प्रभावकारी रूपमा बुक बिल्डिङ प्रणाली, वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन, नयाँ वित्तीय उपकरणको विकास तथा पुँजी बजारसम्बन्धी कानुनी र नीतिगत सुधारलाई अघि बढाउन सकेको छैन। यी विषयमा स्पष्ट नीतिगत निर्णय गरी कार्यान्वयनमा लैजानुपर्ने चुनौती पनि भट्टसामु छ। यस्तै प्रिमियममा सेयर निष्कासन विवादमा परेको छ। यसलाई पनि समधान गर्नुपर्ने जिम्मा भट्टको काँधमा आइपरेको छ।

यस्तै दोस्रो स्टक एक्सचेन्जको इजाजत (लाइसेन्स) दिने प्रक्रिया विवादित बनेको थियो। उनले आफ्नो कार्यकालमा धितोपत्र बजारलाई थप गति दिन दोस्रो स्टक एक्सचेन्ज ल्याउछन कि ल्याउदैनन्, त्यो प्रतिक्षाको विषय भएको छ। यस्तै वास्तविक नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आईपीओ जारी गर्न नदिने सार्वजनिक लेखा समितिको निर्णयलाई उनले कसरी ट्याकल गर्नेछन् त्यो हेर्न बाँकी छ।

त्यसैगरी, डिजिटल प्रविधिमा आधारित नियामकीय प्रणाली सुदृढ बनाउने, लगानीकर्ता संरक्षणका कार्यक्रम प्रभावकारी बनाउने, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङको पुर्नसंरचना गर्ने र संस्थागत लगानी विस्तारका लागि आवश्यक वातावरण तयार गर्ने जिम्मेवारी पनि उनको काँधमा आएको छ।

पुँजीबजारमा लगानीकर्ताको संख्या र पहुँच विस्तार हुँदै गए पनि त्यसअनुसार नयाँ लगानी उपकरण, बजार सुधार र नियामकीय क्षमता विस्तार हुन नसकेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ। यस्तो अवस्थामा डा. भट्टको नेतृत्वले पारदर्शी, विश्वसनीय, आधुनिक र लगानीकर्तामैत्री पुँजी बजार निर्माण गर्न कत्तिको सफल हुन्छ भन्ने विषयलाई बजारले चासोका साथ हेरेको छ।

प्रकाशित: २०८३ असार ५ गते शुक्रबार ०६:१४
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना