काठमाडौँ: प्रोफेसनल होल्डिङस लिमिटेडले तीन सहायक संस्थाहरूको नाममा रहेको ३४ रोपनी जग्गा बिक्री गर्न लागेको छ। प्रोफेसनलले नेचुरल फुड रिसोर्टको नामको सूर्यविनायक नगरपालिका ७ स्थित गुण्डुमा रहेको १० रोपनी १२ आना तीन पैसा जग्गा बिक्री गर्न लागेको हो।
यस्तै युनिग्लोबल हाइएर सेकेन्डरी स्कूल काठमाडौं लिमिटेडको स्वामित्वमा रहेको ११ रोपनी १४ आना तीन पैसा र तीन दाम बिक्रीमा राखेको छ।
यस्तै भ्याली भ्यू स्कूल लिमिटेडको स्वामित्वमा रहेको गुण्डुमा रहेको ११ रोपनी १४ आना तीन पैसा र तीन दाम जग्गा बिक्रीमा राखेको जनाएको छ। जग्गाको मूल्य भने खुलाइएको छैन्। बिक्री गर्न लागिएको जग्गा कोटेश्वरबाट ११ र सूर्यविनायकबाट तीन किलोमिटर दुरीमा रहेको छ।
बिक्री गर्न लागेको जग्गामा हाउजिङ र आवासिय कोलोनी विकास गर्न सकिने, लक्जरी रिसोर्ट तथा प्रिमियम होटल, अर्गानिक कृषि फार्म, आधुनिक शैक्षिक संस्था, हस्पिटल र वेलनेस सेन्ट सञ्चालन र दीर्धकालिन रुपमा उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने सकिन प्रोफेसनलले जनाएको छ।
कम्पनीले १५ दिनभित्र मूल्यसहित प्रस्ताव पेश गर्न भनेको छ। कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।


