काठमाडौँः नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँमा खरिदबिक्री भएको चाँदी मंगलबार बढेर ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


