काठमाडौँः सेयर बजारले सधैं रुचाएका पूर्व–अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि सेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा बन्द भएको हो ।
आज एक करोड कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर छ ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिंग हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


