काठमाडौँ: कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौFको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ। शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।
शोरुमको औपचारिक उद्घाटन सोमबार बिहान १०ः३० बजे रिबन काटेर सम्पन्न भयो। उक्त भव्य उद्घाटन समारोहमा मुख्य अतिथि नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गरे।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्ने र यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउने कम्पनीको भनाइ छ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ।


