काठमाडौँः शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी शुक्रबार घटेर ४ हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


