काठमाडौं। उत्पादन क्षमता बढाएर बजारमा झनै बलियो उपस्थिति बनाउन दुई औषधी उद्योग एक अर्कामा समाहित (एक्वाएर) मा जाने भएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई एक्वायर गर्न लागेको हो। ओम मेगाश्री नेप्सेमा सूचिकृत हुने मुलुककै पहिलो औषधि उद्योग हो।
रोयल फार्मास्युटिकल्सलाई एक्वायर गर्ने विषयमा सैदान्तिक सहमति भएको ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपाल क्लिक्सलाई बताए। उनले एक्वाएरका लागि प्रारम्भीक सहमति मात्र भएको जानकारी दिए।
दुबै उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) सकिएपछि एक्वाएर हुने भएको छ। डीडीएपछि दुबै उद्योगको सेयर अनुपात (स्वाप रेसियो) तय हुनेछ।
हाल दुबै उद्योगको डीडीएको काम चलिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। डीडीए सकिएपछि सोही आधारमा स्वाप रेसियो तय हुने उनले बताए।
हाल रोयलको कूल पुँजी ५६ करोड ४० लाख रुपैयाँ छ। यस्तै ओम मेगाश्री फर्मास्युटिकल्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ।
रोयल नारायणगढमा र ओम मेगाश्री चितवकै जुगेडीमा रहेको छ। दुबै औषधी उद्योग नजिकै रहेका छन्।
ओम मेगाश्री उत्पादन क्षमता विस्तारको क्रममा रहेको र सबै औषधी एउटै प्लान्टबाट उत्पादन गर्न नपाइने भएकाले फरक फरक एरियामा हुनुपर्ने व्यस्थाअनुसार रोयललाई एक्वाएर गर्न लागेको उनले स्पष्ट पारे।
‘हामी सेखामा र इम्युलेसन्समा जाँदा एउटै प्लान्टमा उत्पादन गर्न नसकिने भएको छ। नयाँ भवन र प्लान्ट स्थापना गर्न पाँच वर्षसम्म लाग्न सक्ने भएकाले प्राप्ति गर्न सहज हुने देखिएको छ’ उनले भने।
‘रोयल र ओम मेगाश्रीको औषधी उत्पादन एउटै किसिमको भएकाले उसको बजार र हाम्रो जोड्दा बजार बढ्ने छ। रोयलसँग भएको ४४ वटा उत्पादन ओम मेगाश्रीसँग छैन्। त्यसैले उक्त कारखानाबाट नयाँ औषधी उत्पादन गर्न पाइने भएकाले एक्वाएरमा जान लागेको हो’ उनले भने।
डीडीए रिपोर्टपछि दुबै उद्योगको सेयर अनुपात तय भएपछि साधारणसभाबाट पारित हुनुपर्छ। त्यसपछि एक्वाएरको प्रक्रिया अघि बढ्ने भएको


