काठमाडौं। राहदानी छपाई ठेक्कामा भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएका पाँच जनालाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख, निर्देशक सुनिलकुमार केसीसँग चार लाख, विभागका कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईंसँग सँग तीन तीन लाख रुपैयाँ धरौटी मागेको छ।
राहदानी प्रकरण: महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध मुद्दा, आरजुलाई प्रतिवादी बनाइएन
सोही अभियोगमा जर्मन कम्पनीको नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई पनि पाँच लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। यस्तै
विभागका कर्मचारी तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा छाड्न विशेषले आदेश दिएको छ।
राहदानी छपाइ प्रकरण: महानिर्देशक अर्यालसहित ४ जनाविरुद्ध ५ दिन म्याद थप
राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


